रचना काफ्ले /
रौतहट ९,मंसिर /
करणी मुद्धामा फरार प्रतिवादीलाई रौतहट प्रहरीले ४ बर्षपछी पक्राउ गरेको छ। पक्राउ पर्नेमा वृन्दावन नगरपालिका ४ का ३२ बर्षिय नागेश्वर राय यादव छन्।बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय समनपुर रौतहट बाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो।०७३ फाल्गुन ९ गते दिउँसो सोहि वडाकी ११ बर्षीय बालिकालाई यादवले जबर्जस्ति करणी गरेको आरोप छ। ना ६४ प ४५०३ नंको १५० सिसिको पल्सर मोटरसाइकलसहित जिल्लाको गढ़िमाइ नगरपालिका १ स्थित बागमती नदि बाट यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवलाई रौतहट जिल्ला अदालतमा सोमबार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here