रौतहट ९,मङ्सिर /
कक्षा १२ को परीक्षा रौतहट लगाएत देशभर आजबाट सुरु भएको छ । कोरोना भाइरस संक्रमणका कारण गएको वैशाखमा स्थगित भएको कक्षा १२ को परीक्षा ८ महिना पश्चात रौतहट लगाएत देशभर आजबाट सुरु हुन लागेको हो ।भौतिक उपस्थितिमै देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा लिन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टाको हुने छ ।मंसिर १६ सम्म चल्ने परीक्षामा बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले पनि घरमा रहँदा होस् वा परीक्षा केन्द्रमा आउ–जाउ गर्दा होस् कोभिडविरुद्धका मापदण्ड सही ढंगले पालना गर्न परीक्षार्थीहरुलाई आग्रह गरेका छन् ।बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखिने बताउनुभयो । परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । उनीहरुलाई ज्वरो नापेर मात्रै प्रवेश दिइने र परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here