मुकेश कुमार साह/
रौतहट,०८ मंसिर//
रौतहटको देवाही गोनाही नगरपालिका-७, गोनाहीमा आगलागीबाट क्षती भएको दलित वस्तीमा पक्कि घर बन्ने भएको छ । रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहको बिशेष पहलमा उक्त बस्तीमा जलेका सबै घर पक्की बन्ने भएको छ । साथै नेता साहले बस्तीमा राहत स्वरुप ग्यास सिलिन्डर तथा चुल्हो, २५ किलोको एक/एक बोरा चामल, ५ किलो दाल तथा प्रति घर एक/एक हजार रुपैयाँ पीडितलाई हस्तान्तरण आफ्नो प्रतिनिधि द्वारा उपलब्ध गराउनु भएको छ ।

सांसद साह प्रतिनिधित्व गर्दै संघीय सांसद समिना हुसेन, प्रदेश सांसद कुन्दन कुश्वाहा, देवाही गोनाही नगर उपप्रमुख परनिया देवी, मेयर प्रत्यासी प्रेमलाल साह एवम् धर्मेन्द्र पटेललगायतका नेताहरुको उपस्तिथिमा राहत वितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here