७,मङ्सिर /
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारतीय सिंहलाई पक्राउ गरेको छ । कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छापा मारेको ब्युरोले हास्य कलाकार भारती सिंहको घरमा पनि छापा मारेको थियो ।शनिबार बिहान उनको मुम्बईस्थित घरमा छापा मारेको भारतिय संचार संस्था दैनिक भाष्करले जनाएको छ।भारतिका श्रीमान हर्ष लिंबचियालाई ड्रग्स लिएको आरोप लागेको छ। ब्यूरोले दुवै जनालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ। दुबै स्थानमा उनीहरुले नशालु सामग्री (गाँजा) प्राप्त गरेका छन् । उनीहरुले दुबै स्थानमा ८६.५ ग्राम गाजा भेटेको बताइएको छ । एनसीबीका अनुसार दुबै श्रीमान् श्रीमतीले आफूहरुले नशालु पदार्थको सेवन गर्ने स्विकारेका छन् ।एनसीबीको क्षेत्रीय निर्देशक समिर वानखेडेले शनिबार दिउँसो पत्रकार सम्मलेनमा भारती र उनका श्रीमानलाई एनसीबीले सोधपुछका लागि बोलाएको जानकारी दिएको थियो । आफूहरुले उनीहरुको स्थानबाट केही नारकोटिक्स सामग्री भेटिएकोले उनीहरुसँग सोधपुछ गरिने जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here