सिरहा ६,मङ्सिर /
सिरहामा छठको घाटबाट एक युवकलाइ एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट स्थानीय २२ वर्षीय रविन दासलाइ पेस्तोलसहित प्रहरीले पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताउनुभयो । रविनमाथि थप अनुसन्धान भइरहेको उँहाले जानकारी दिनुभयो ।प्रहरीका अनुसार दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल बरामद भएको छ । सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्माले बताउनुभयो ।आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन पेस्तोल बोकेर छठघाटमा गएको सूचनाअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनले बिनोदको कन्चटमा पेस्तोल ताकेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।बिनोदसँग पुरानो रिसइबी रहेको र सोही रिसइबी साँध्न रविनले पेस्तोल लिएर गएको स्थानीयको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here