सर्लाही ६,मङ्सिर /
सर्लाहीमा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।सिन्धुलीबाट पुरानो घरको काठ लिएर आउँदै गरेको ना ६ त ३०९३ नम्वरको ट्याक्टर अनियन्त्रित भई जिल्लाको उत्तरी चुरेभेगस्थित हरिवन नगरपालिका २ अत्रौली बेलचौतारामा पल्टिँदा चालक हरिवन नगरपालिका २ बेलचौताराकै ४१ वर्षीय कामी सिंह घलानको मृत्यु भएको हो । राती करिव ९ बजेतिर ट्याक्टर सडकबाट झण्डै ३० फिटजति तल खोँचमा खस्दा चालक घलानको च्यापिएर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मृतकको शव रातभर घटनास्थमै रहेको थियो ।अप्ठेरो ठाउँमा दुर्घटना भएकाले लामो प्रयासपछि स्काभेटर प्रयोग गरी नजिकैबाट अर्को बाटो खनेर शनिवार बिहान मृतकको शव घटनास्थलबाट निकालिएको हरिवन प्रहरीका प्रमुख एवं प्रहरी निरीक्षक अवधेश कुमार यादवले  जानकारी दिनुभयो ।शनिवार बिहान ८ बजेतिर हरिवन ल्याइएको शव अहिले पोष्टमार्टमका लागि मलंगवा जिल्ला अस्पताल पठाउने तयारी भइरहेको हरिवन प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here