सप्तरी ६,मङ्सिर /
सप्तरीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ बस्ने २५ वर्षीय सोनु पासवान रहेका छन् ।शम्भुनाथ नगरपालिका–८ देवधार पुलस्थित सडकमा ना.५ ख ६६४४ नम्बरको बस र बा.४२ प १४२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा घटनास्थलमै पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।बस र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here