गाैशाला ६,मङ्सिर /

मिथिला अंचलको सबै भन्दा ठुलाे छठ पर्व भएकाेले मिथिलाचंल लगायत महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका र ग्रामिण क्षेत्रका हिन्दुधर्मालम्बि नारि तथा पुरुषहरुले आज शनिवार विहानै उदाउँदाे सुर्य भगवानलाई अर्घ दिई सम्पन्न गरिएकाे छ ।खरनाकाे दिन देखि शुरु भएकाे याे महान पर्व धेरै निष्ठावानका साथ मनाई सम्पन्न गरिएकाे छ ।गाैशाला नगरपालिका अन्तर्गत गाैशाला, शिवभक्ति ,वेलगाछि,भन्टावारी,भरतपुर ,फुलकाहा,थापा टाेलका व्रतालुहरु मडहा खाेलामा छठ पर्व मनाईएकाे छ भने वटाैवा ,खाेरिया,डुवरबन्हा,कालिपुर ,लक्ष्मिनियाका व्रतालुहरु ईनार र आ – आफ्नो घरकाे अगाडि तथा आँगनमा मनाईएकाे छ। यसै गरि अाैरही ,साेनमा ,रामगाेपाल,टिमकिया,श्रीपुर कविलासा ,रामनगर, रजखाेरका व्रतालुहरु नदी तथा पाेखरीहरुमा अस्ताउँदाे र उदाउँदाे सुर्य भगवानलाई अर्घ छठ पर्व दिई सम्मन्न गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here