बारा ६,मङ्सिर /
नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट गरेको छ । प्राधिकरणले शुक्रबार लेटर अफ इन्टेन्ट जारी गर्दै निजगढ विमानस्थलको गूरुयोजना निर्माण गर्न कम्पनी छनोट गरेको जानकारी दिएको हो।
प्राधिकरणका अनुसार निजगढ विमानस्थलको अध्यावधिक गुरुयोजना निर्माणको जिम्मेवारी सीजी इन्फ्राटा-बीडीएले पाएको छ । गुरुयोजना निर्माणको प्रयोजनका प्राधिकरणले मागेको आसयपत्रमा १ दर्जन कम्पनी इच्छुक देखिएका थिए । त्यसबाट ६ वटा कम्पनीको सर्ट लिस्टिङ गरिएको थियो ।६ वटा कम्पनीबाट प्राधिकरणले विस्तृत प्रस्ताव मागेको थियो । सो क्रममा तीन वटा कम्पनीबाट प्रस्ताव परेको थियो । विस्तृत प्रस्ताव बुझाएका मध्ये सबैभन्दा कम मूल्य कबुल गरेको सीजी इन्फ्राटा-बीडीए छनोट भएको हो ।प्राधिकरणका अनुसार यो कम्पनीले २९ करोड ८९ लाख ९० हजार रुपैयाँमा गुरुयोजना निर्माणको जिम्मा पाएको हो । यसअघि गत असोजमा निजगढ विमानस्थल निर्माणलाइ गति दिने सन्दर्भमा पर्यटन मन्त्रालयले गूरुयोजना निर्माण गर्न कम्पनी छनोटको काम अबिलम्ब सक्न प्राधिकरणलाई निर्देशन दिएको थियो । सीजी इन्पामाटा -बीडीए जेभीले नेपाली कम्पनी जोशी एशोसिएटसँगको समन्वयमा काम गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here