रचना काफ्ले /
रौतहट ५,मङ्सिर /
प्रदेश २ सरकारले यसपाली पनि छठ पर्व मनाउन शुक्रवार र शनिवार दुइ दिन सार्वजनीक बिदा दिएको छ। प्रदेश २ सरकारले स्थापनाकाल देखि नै छठ पर्वको अवसरमा दुइ दिन (छष्टि र सप्तमी तिथि ) विदा दिने गरेको छ। यस बर्ष पनि दुइ दिन शुक्रवार र शनिवार सार्वजनिक बिदा प्रदेश सरकारको क्यालेण्डरमै सार्वजनिक गरि सकेको हुनाले कुनै प्रकारको अलमलमा नपर्न मुख्यमन्त्रि लालबाबु राउतले आग्रह गर्नुभएको छ। साथै लोक आस्थाको महापर्व छठको अवसरमा सम्पूर्ण हिन्दु धर्मालम्बि एवं प्रदेशबासीहरुमा सुख ,शान्ति ,समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। विश्व सहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाई लोकआस्थाको महापर्व हर्षोल्लासका साथ मनाउन सम्पूर्ण प्रदेशवासिमा अपिल गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here