रौतहट ४,मङ्सिर /
गौर हत्याकाण्डका अपराधीहरुलाई कारवाही गर्न विलम्ब गर्न नहुने नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले बताएका छन् ।बुधबार रौतहटको बौधीमाई नगरपालिका-४, इनरवारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनुभएको हो। नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले रौतहटको कलंकको रुपमा राजपुर बम काण्ड र गौर हत्याकाण्ड रहेको बताउनुभयो। राजपुर बम काण्डको पीडितले न्याय पाउने स्थिति रहेको तर गौर हत्याकाण्डको अपराधी खुलेआम घुम्नु दु:खद रहेको उँहाले बताउनुभयो । हत्याकाण्डका योजनाकार तथा हत्याराविरुद्ध जाहेरी दर्ता भएको वर्षौं बितिसक्दा पनि पीडित न्यायको पर्खाइमा रहेको भन्दै नेता साहले अपराधीलाई कारवाही गरि रौतहटमाथि लागेको कंलक हटाउन ध्यानाकर्षण गराएका छन्।घटनाको छानबिनका लागि गठन गरिएको आयोगसमेतले अपराधीहरुको बारेमा स्पष्ट प्रमाण दिइसकेको वर्षौं बितिसकेकोले अब हत्याराहरुलाई जेल हाल्नुको विकल्प नरहेको नेता साहले बताउनुभयो।
२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलमा तत्कालीन नेकपा माओवादीका २७ जना कार्यकर्ताको हत्या गरिएको थियो । हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको छ । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले न्यायका लागि पीडितहरु गुहार्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here