रौतहट २७ कार्तिक ///
रौतहटको माधवनारायण नपा ५ मा गएराति एकयुवतीको गोलीहानी हत्या भएको छ । हत्यापछि टोलबासी त्रसित बनेका छन ।
सो नगरपालिकाको लौकाहाटोलमा राति ११ बजे घरमा सुतिरहेको अबस्थामा १८ बर्षिया अमृता कुमारी साहको गोलीहानी हत्या गरीएको हो ।
राम अयोध्या साहकी छोरी अमृताको हत्या भएको र अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनाको सुक्ष्मरुपमा अनुशन्धान भैरहेकोले दोषि चाडो भन्दा चाडो पक्राउ पर्ने रौतहटका सिडिओ इन्द्रदेव यादवले बताएका छन ।
गएको २०७६ फागुनमा सर्लाही जिल्लामा बिबाह भएपनि पछिल्लो समय उनी माइतमा नै बस्दै आएकी थिइन ।
उनको सर्लाही मधुवनगोठका रुपेश साह संग विवाह भएको थियो । बिहे भएको केही समयपछि देखी नै माइतमा बस्दै आएको बताइएको छ ।
मृतक युवतीका श्रीमानलाइ पनि अपरचित व्यक्तिहरुले गएको वैशाखमा चक्कु प्रहारगरी घाइते बनाएका थिए । महिनौको उपचारपछि उनी निको भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन ।
मृतक युवतीको टाउकोमा गोली लागेको र घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बिहानै पुगेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here