रौतहट २७,कार्तिक /
लामो समय देखी बन्द रहेको नेपाल भारत सिमा खुलाउन स्थानिय जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका प्रतिनिधिका साथै स्थानियहरुले विहिवार गौर भन्सारमा प्रदर्शन गरेका छन् ।कोरोना संक्रमणको जोखिमका कारण चैतदेखी नाका बन्द भएपछि स्थानीयहरु किनमेल गर्न भारततिर जान सकेका छैनन्।
रौतहटको मुख्य नाका गौर भन्सार बन्द भए पनि पूर्व तर्फको लक्ष्मीपुर बेलबिछवा र पश्चीममा महादेवपट्टी बाट भने स्थानियको आवागमन सूचारु भैरहेको छ । मुख्य नाका बन्द हुदा स्थानिय जोखिमपूर्ण रुपमा नेपाल भारतमा आवागमन गर्न बाध्य भएका छन्। तिहार र छठ पर्व नजिकिदै गर्दा बैकल्पीक बाटो प्रयोग गरेर भारतीय बजारमा किनमेलका लागी जानेहरु सुरक्षाकर्मीबाट पीडित बन्न थालेका छन ।तिहार र छठ पर्व नजिकिए संगै सुरक्षाकर्मीबाट पीडित बनेकाले सिमा खुलाउन आज प्रदर्शन गरिएको एक सहभागीले बताउनुभयो। नेपाल भारत सिमा नाका मध्ये रौतहट जिल्लाको गौर बैरगनिया नाका आज २ बजे सम्म खोल्ने नेता रेवन्त झा , अनिल सिंह लगायत आम जनताले चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here