मुकेश कुमार साह/
रौतहट,२५ कार्तिक /
रौतहटको गरुडाको मेथुर चौक देखी समनपुर बाटो जाने बाटो निर्माण भईरहेको कालो–पत्रे गुणस्तरहीन भएको भन्दै जसपाका समर्थकरुले बिरोध जनाएको छ । ।
जसपाका केन्द्रीय सदस्य कन्थमणी जयसवालको नेतृत्वमा गएका युवाहरुले उक्त सडकको कालोपत्रे गुणस्तरहीन भएको भन्दैे विरोध जनाएको हो ।
२ करोडको लागतमा निर्माण भईरहेको कालोपत्रे तोकेको मापदण्ड विपरित रहेको भन्दै केन्द्रिय नेता जयसवालको नेतृत्वमा स्थानीय युवा नेता छोटु साह,रामसेवक साह,बिनोद पटेल, रवी साह,श्री राम पासवान लगायतका सयौको संख्यामा युवाहरुले ६ घण्टा बाटो अबरोध समेत गरेका छन् ।

सडक अवरोध पछि ठेकदार,इन्जिनियर,स्थानीय जनप्रतिनिधि र प्रशाशनको रोहवरमा छलफल गरिएको छ । छलफलमा कालोपत्रे निर्माण गर्दा सामग्री र निर्धारित लागत स्टिमेट अनुसार काम गरी गुणस्तरिय काम गर्ने ठेकेदारले सहमती जनाएपछी बाटो खुलाईएको हो ।

कामको जिम्मा लिएका मुख्य ठेकेदार प्रमोद यादवले विभिन्न पेटृी साना ठेकेदारलाई कामको जिम्मा दिँदा कालोपत्रेका काम गुणस्तरमा कमि आएको स्वीकारेका छन् । उक्त कालोपत्र दीर्घकालीन समयमा सम्म टिकाउ हुने गरि गुणस्तरिय कार्य गर्न नेता जयसवालले माग गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here