नवराज चौलागाईं, निजगढ, कार्तिक । बारा,रौतहट र मकवानपुर जिल्ला जोड्ने निजगढ नगरपालिका वडा नम्बर तिनको पिपलटार झोलुंगे पुल सन्चालनमा आएकोछ । पुलको निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नुभएकोछ । आदर्श जनसेवा युवा क्लव बिरगन्जको समन्वयमा ट्रायल ब्रीज सपोर्ट युनिट हेल्भेटास र निजगढ नगरपालिकाको लगानिमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको पिपलटार झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष मानबहादुर योन्जनले बताउनुभयो । एक सय उनान्तिस मिटर लम्बाई र चार फिट चौडाई रहेको पिपलटार झोलुङ्गे पुल एक करोड आठ लाख रुपैयँ लागतमा निर्माण सम्पन्न भएको अध्यक्ष योन्जनले बताउनुभयो । पुल उद्घाटनको क्रममा निजगढका मेयर सुरेश कुमार खनालले नागरिकको आवतजावतमा सहजताकालागी नगरपालिकाले नगरका अन्य नदि र बिकट क्षेत्रहरुमा थप झोलुङ्गे पुल निर्माण्कालागी आवश्यक कामहरु भईरहेको बताउनुभयो । मेयर खनालले वडा नन्बर तिनको बगर खोला र वडा नम्बर दशको लाल खोलामा झोलुङ्गे पुल निर्माण कार्य भईरहेको बताउनुभयो । नागरिकको आवतजावतमा सहजतासङ्गै तराई क्षेत्रमा झोलुङ्गे पुलले पर्यटकिय गतिविधि वृद्धि गर्नकोलागी पनि सहयोग पुग्ने मेयर खनालले धारणा व्यक्त गर्नुभयो । वडा नम्बर चारको गणेशमान पार्क मोहोरिमा रहेको झोलुङ्गे पुल र पिपलटार झोलुङ्गे पुलले निजगढको पर्यटकिय गतिविधिलाई बढोत्तरी गरेको खनालले जनाउनुभयो । यस्तै निजगढकि उपमेयर लिलादेवी लामिछाने खनालले पुल निर्माण सम्पन्न भएसङ्गै मकवानपुर र रौतहटका चुरे क्षेत्रका नागरिकहरुको निजगढमा आवागमन बढ्ने भएकाले नगरको आर्थिक क्षेत्रमा टेवा पुर्याउने धारणा राख्नुभयो । उपमेयर खनालले वर्षा याममा खोला तर्नुपर्ने असुविधा झोलुङ्गे पुल सन्चालनमा आएसङ्गै अन्त्य हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here