रौतहट २१,कार्तिक // रौतहटको चन्द्रपुरमा दुर्घटना न्युनिकरण को उपायहरु अवलम्वन गर्नका लागि सर्वपक्षिय भेला बसेको छ । चन्द्रपुर को पुर्वपस्चिम लोकमार्ग र गौर सडकको अतिक्रमण हटाउन सवै पक्ष सहमत भएका छन ।
शक्रबार बिहान इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा भएको छलफलमा नगरपालिका का मेयर रामचन्द्र चौधरी , संघिय सासद देव प्रसाद तिमल्सिना , प्रदेश सासद धनलाल ठोकर, सडक कार्यालयका प्रमुख,चन्द्रपुरका सुरक्षा निकाय का प्रमुख हरुको उपस्थिति रहेको थियो ।
चन्द्रपुरको बजार क्षेत्र अस्तव्यस्त रहेको भन्दै स्थानिय युवाहरुले सडक डिभिजन कार्यालय र नगरपालिका को कार्यालय मा बिहिवार तालाबन्दी गरेका थिए ।
सहमती पछि दुवै कार्यालयमा लगाएको ताला शुक्रबार खुलेको छ ।
सडक को अतिक्रण क्षेत्र हटाउन सवै निकाय समन्वय गर्ने, दुर्घटना न्युनिकरण गर्ने उपाय खोजी गर्ने निर्णय भएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका अधिकृत हेमराज फुल्याल ले जानकारी दिएका छन ।
सडकमा राखिएका निर्माण सामाग्री हटाउने, सडकमा परेका बिधुतका पोल हटाउन प्रकृया बढाउने , इरिक्सा, टेम्पो लगाएत को पार्किङको व्यवस्था गर्न नगरपालिकाले तत्काल काम शुरु गर्ने समेत सहमती भएको छलफलमा सहभागी एकयुवा देवराज कार्कीले जानकारी दिएका छन ।
यसै बिषयमा यसअघि पनि दर्जनौ छलफल र निर्णय भएको र कार्यान्वयन हुन नसकेको भन्दै सम्बन्धित निकाय प्रति स्थानियको गुनासो समेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here