रौतहट १८ कार्तिक//
सार्वजनिक कुलो (पैनी) माथीबाट बाटो बनाइ जग्गा व्यवसायीले प्लटिङ गरी खेतलाइ घरेडी बनाउन थालेको भन्दै स्थानियले बिरोध जनाएका छन ।
स्थानियको बिरोध पछि चन्द्रपुर नपाका जनप्रतिनिधीहरुले चन्द्रपुर ४ स्थित सुन्दरबस्ति नजिकै रहेको पैनीको मंगलवार निरिक्षण गरेका छन ।
चादी नदीको पानी कुला बाट ल्याएर चन्द्रपुरका दक्षिणी भेगका खेत सिचाइ गर्न करिव ५ दशक अघिको पैनी निमार्ण गरीएको थियो ।

सोही पैनीको करीव ५० मिटर माथी बाट स्ल्याब राखेर बाटो बनाइ जग्गा व्यवसायीले बाटो नभएको जमिन घरेडी बनाउन लागेको सुचना पाएपछि स्थानियले बिरोध जनाएका हुन ।
२४ फिट भन्दा चौडाइ रहेको पुरानो सो पैनी साधुरीदै गएको अवस्थामा जमिन व्यवसायीले बाटो बनाउन लागेको भन्दै चन्द्रपुर नगरपालिकालाइ स्थानियले ध्यानाकर्षण समेत गराएका छन ।
चन्द्रपुर ४ र ५ को सिमानामा रहेको चिडियादह टोलको उतर सुन्दरबस्ति चौक को पस्चिम तर्फ एक मन्दिरको पछाडी रहेको जमिनमा बाटो पुर्याउन व्यवसायीले सिमानामा रहेको पैनी माथी बाट बाटो बनाउन प्रयास गरेका हुन ।
चन्द्रपुर ४ का वडा अध्यक्ष अमर बहादुर आलेले सार्वजनिक कुलो बाट बाटो बनाउन नदिने र नमिल्ने बताएका छन ।
यस्तै चन्द्रपुर नपाले गठन गरेको सार्वजनिक सम्पती छानविन एवम संरक्षण समितीका संयोजक काजीमान माझीले सो पैनीको जमिन पहिले देखी नै अतिक्रमण भएको पाइएकाले नापजाच गरी पैनी संरक्षण गर्ने जानकारी दिए ।
सार्वजनिक जमिन , पैनीहरुको अतिक्रमण भएका जमिनहरु नगरपालिकाले खोजी गरीरहेको र समिती समेत बनाएर काम भैरहेकाले त्यस्ता जमिनको संरक्षण गरी नगरपालिकाले सार्वजनिक हितका लागी प्रयोगगर्न नितीहरु बनाएर अगाडी बढ्ने चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरीले बताएका छन ।
जमिन व्यवसायीले सार्वजनिक पैनी माथीबाट बाटो बनाउन सहज बाताबरण बनाइदिन भन्दै बिभिन्न व्यक्तिहरु मार्फत जनप्रतिनिधीहरु लाइ फोन गराउने गरेको समेत बताइएको छ ।
पछिल्लो समय चन्द्रपुर नपाका बिभिन्न वडाहरुमा जग्गा व्यवसायीहरुले एैलानी , सार्वजनिक , पैनीकुलो को जमिनहरु अतिक्रमण गरी प्लटीङ गर्न थालेको भन्दै सरोकारवाला निकायहरुको ध्यानकर्षण गराउन थालेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here