सप्तरी १८,कार्तिक /
बालिकालाई ललाईफकाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा छन् । पीडितहरुको उद्धार भई घर फर्किएपछि उनीहरुका बुवाले संयुक्तरुपमा आइतबार दिनुभएको मानव बेचविखन तथा ओसारपसार विरुद्धको उजुरी दर्ता गरी शर्मालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।सोमबार पक्राउ परेका आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलालले बताउनुभयो ।यहाँका १३ र १४ वर्षीया बालिकालाई बेचविखन गर्न भारत लगेको आरोपमा सलाम पक्राउ परेको र अर्का आरोपित हनुमाननगर कंकालिनी–६ का २० वर्षीय ओमप्रकाश चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दशैंको मेला हेर्न राजविराज आएकी बालिकालाई आरोपितले ललाईफकाई गरेर कात्तिक १० गते राति शम्भुनाथस्थित चौधरीको सानीआमाको घरमा लगेर राखेका थिए ।