धनुषा १८,कार्तिक /
धनुषामा ढिस्कोले पुरेर एक महिलाको मृत्यु भएको छ। धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको ज्यान गएको हो । प्रहरी चौकी बटेश्वरका अनुसार दीपावलीका लागि घर लिपपोत गर्नका खेतमा माटो लिने क्रममा ढिस्को खस्दा च्यापिएर ३५ वर्षीया सुनितादेवी रविदाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छिन् । गम्भीर घाइतेको प्रादेशिक अस्पाल जनकपुरमा उपचार भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here