डिसी १७,कार्तिक /
नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ ।आधा दर्जनभन्दा ज्यादा विश्व कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको अगाडि राख्न पाउँदा गर्व लाग्ने बताए ।फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरेपछि उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० मा विश्व रेकर्डको मान्यता दिएको थियो ।तर महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका थिए । ठकुरीले दसैंको भोलिपल्ट अक्टोबर २७, २०२० बिहान ९:४५ मिनेटमा आफूले सातौं गिनिज वर्लेड रेकर्ड पाएको सार्वजनिक गरेका थिए ।उनको विश्व कीर्तिमान सन् २०१७ देखि सुरु भएको हो । उनले सेप्टेम्बर २०१७ मा पहिलो, नोभेम्बर २०१७ मा दोस्रो, नोभेम्बर २०१८ मा तेस्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाचौं, फेब्रुअरी २०२० मा छैटौं र फेब्रुअरी २०२० मै सातौं गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।काठमाडौंमा जन्मिएका ठकुरी २ दशकभन्दा अगाडि अमेरिका आएका हुन् । उनले कराँते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।करातेमा उनले आफ्नो आधा दर्जनभन्दा पृथक विशेष अविष्कार छन् । ‘फांग खुकुरी काँटा र ‘फांग ब्रेकिङ्ग’मा सहित उपाधी प्राप्त गरिसकेका छन् ।बिगतमा भ्यानडम शैलीमा ‘कुरो बुशि वर्ल्ड च्याम्पियन’ खेलम समेत उनी सम्मानित भइसकेका छन् ।
साभार -अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here