पर्सा १५,कार्तिक /
नेकपाका जिल्ला सदस्य मुकेश चौरसीयाको हत्या भएको ८ दिनपछि मात्रै अन्त्यष्टि भएको छ। पर्सामा नेकपाका दुई गुटबीच भएको झडपमा मारिएका चौरसीयाको हत्यामा संलग्न १२ जनाविरुद्ध बिहीबार सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा बिहिबार जाहेरी दर्ता भएपछि मात्र शुक्रबार मृतकका परिवारले शव बुझेर साँझ अन्त्यष्टि गरिएको हो।हत्यामा संलग्नविरुद्ध प्रहरीले जाहेरी लिन नमान्दा चौरसीयाको शव आठ दिनदेखि नारायणी अस्पतालमा राखिएको थियो। मुकेशको गाउँ विन्दवासीनी गाउँपालिकाको बहुअर्वाभाठास्थित शम्शानघाटमा उनको अन्त्यष्टि गरिएको हो। मुकेशको शवमा नेकपाका स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री मातृका यादवले नेकपाको झण्डा ओढाएर श्रद्धान्जली दिनुभयो। त्यसअघि शुक्रबार दिउँसो नारायणी अस्पतालमा शवको पोष्टमार्टम गरेर त्यहाबाट शव निकालेर मुकेशको घरमा लगेर परिवारजनलाई अन्तिम पटक हेर्न दिइएको थियो । अन्त्यष्टिमा पूर्वमन्त्री यादवका साथै नेकपाका नेता रामचन्द्र झा, प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी लगायतका नेता कार्यकर्ता पनि सहभागी भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here