रौतहट १५ कार्तिक //रौतहट को चन्द्रपुरमा २६ अौ राष्ट्रिय कण्डम दिवस २०२० को अवसरमा शनिवार निलहिरा समाज रौतहटले पत्रकार भेटघाट मार्फत जिल्लामा एचआइभि को बारेमा जानकारी दिएको छ ।
दोहोरो सुरक्षाको लागि कण्डमको पहुच भन्ने नाराका साथ सेभ द चिल्ड्रेन को सहयोग र निलहिरा समाजको आयोजनामा रौतहटमा एचआइभि एड्स रोकथाम को लागि काम गरीरहेको छ ।
रौतहटमा हाल सम्म २ सय १४ जना संक्रमित छन । एक सय ९१ जनाले नियिमत अौषधी सेवन गरीरहेका र १६ जना सम्पर्क बाहिर रहेको र जिल्लामा ७ जनाको एचआइभि एड्स बाट मृत्यु भएको तथ्याक रहेको छ ।
रौतहट जिल्लाको अवस्था को बारेमा जानकारी दिदै निलहिरा समाज रौतहट जिल्ला संयोजक जिना रानाले जानकारी दिनु भएको छ ।
जिल्लामा विभिन्न कारणले परिक्षण गराउन नसकेकाहरु लाई सो सस्थाले सहयोग , परामर्श दिदै आएको छ ।
कार्यक्रममा एचआइभि एड्स नियन्त्रणमा सकृय व्यक्तिहरु र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here