पर्सा ६,कार्तिक /
कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणको लागि भारत सरकारले बन्द गरेको नेपाल-भारत सिमानाकाहरु खोलेको छ ।विगत १० महिनादेखि कोरोना महामारीका कारण बन्द रहेको नेपाल-इण्डो बोर्डर भारत सरकारले बिहिबार एउटा औपचारी घोषणा गर्दै खुल्ला गरेको हो । भारतले आजदेखि सीमा नाका खुला गरेपछि वीरगञ्जको सीमानाकामा तनाव भएको छ । भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेहरुको भीडलाई रोक्न सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई समस्या भएको छ ।भारतले सीमा नाका खुला गरेपनि नेपालतर्फ भने अझै कार्तिक २० गतेसम्मका लागि सीमा नाका बन्द छ । नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार कार्तिक २० गतेसम्म अन्तराष्ट्रिय सीमा नाकाहरु बन्द गरिएकोले उक्त समयावधिभर सीमानाकाबाट कसैलाई आवत जावत गर्न नदिईने पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभएको छ ।भारततर्फ सीमा नाका खुला भएपनि नेपालतर्फ अझै नाका बन्द नै रहेकोले यसलाई अझ व्यवस्थित बनाउनका लागि सुरक्षाकर्मीहरु तैनाथ गरिएको उँहाले बताउनुभयो। औपचारिक रुपमा कोही नेपाली नागरिक नेपाल आउन चाहेमा स्थानीय प्रशासनको अनुमति लिएर शंकाचार्यगेटको नाका भएर आउन सक्ने प्रमुख जिल्ला अधिकारी तामाङको भनाई छ ।सरकारको निर्देशन बिना अहिले सीमा नाकाबाट आवतजावत गर्न नदिईने सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो। भारतको रक्सौलतर्फ नाका खुलेपछि ५०/६० जनाको संख्यामा नेपाल छिर्न लागेका भारतीयहरुलाई फर्काईदिएको जानकारी दिदै उहाँले नेपाल आउन चाहने नेपाली नागरिकहरुको हकमा स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार क्वारिन्टिनमा बस्ने गरी आउनलाई कुनै रोक नलगाईएको बताउनुभयो। उँहाले सीमामा थप सुरक्षा बल समेत पठाईएको जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here