बारा ६,कार्तिक /
बारामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा नम्बर नखुलेको टिपरले ठक्कर दिँदा ना.५० प २५७६ नम्बरको मोटरसाइकल चालक मकवानपुरको चुरियामाई-१ घर भएका २५ वर्षीय सञ्चालाल गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपरसहित चालकको खोजी भइरहेको र दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here