बारा ६,कार्तिक /
ड्युटिमा रहेको प्रहरीमाथि गोली हान्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले बारमा गोली हानेर पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षका बृजकिशोर कुशवाह छन्। बुधबार दिउँसो साढे ३ बजे सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा ड्युटिमा रहेको प्रहरीमाथि पेस्तोल हान्ने कुशवाहलाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहमाथि शंका लागि रोक्न खोज्दा प्रहरी टोलीले लखेट्ने क्रममा प्रहरीमाथि पेस्तोल हानेका थिए । तर उनको पेस्तोल नपड्किएकोले प्रहरीले ३०३ राइफलबाट १ राउण्ड फायर गर्दा कुशवाहको बाया पाखुरामामा गोली लागेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। गोली लागेर ढलेपछि नियन्त्रणमा लिई प्रहरीले सिम्रौनगढको कंकाली पोलिक्लिनिकमा उपचार गराएको छ । उनको अवस्था सामान्य रहेको र उनको साथबाट पेस्तोल र त्यसमा लोड भएको ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here