बारा ५,कार्तिक /
ठूलो परिमाणको लागुऔषधसहित रौतहटका एक जनालाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको छ ।प्रहरी टोलीले सवारी साधन तथा यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाट जाँदै गरेको ना ६ ख ८९३८ नम्बरको यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा बसको पछाडि सिटमा बसेका रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ बस्ने हरि रामलाइ लागुऔषधसहित पक्राउ गरेको हो। प्रहरीले ५ वटा पोका भित्र नाईट्राभेट १५०० पिस ट्याबलेट, १७ पोकामा नुफिन ८५० पिस, फेनारगन ८५० पिस र डाईजेपाम ८५० पिस गरी जम्मा २ हजार ५५० एम्पुल अवैध लागूऔषध रामको झोलाबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका राम नियन्त्रणमा रहेको र थप अनुसन्धान भइहरको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here