बारा ६,कार्तिक /
इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गरेको आरोपमा बाराबाट तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१ राजदेवी टोल बस्ने २५ बर्षका राजुकुमार यादव, २७ बर्षका दीपककुमार सरार्फ र मोतिबाग टोल बस्ने २९ बर्षका रवि दास छन्। युएईमा भइरहेको आईपीएल खेलको विषयमा कलैया बजारमा केही मानिसहरूले सट्टेबाजी गरिरहेको सूचना पाएपछि प्रहरीले सट्टेबाजीमा संलग्नको खोजी सुरु गरेको थियो । त्यस क्रममा राजदेवी टोलस्थित राजुको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । किँग्स इलेभन पंजाब र दिल्ली क्यापिटल्सबीच भइरहेको खेलमा उनीहरुले साट्टेबाजी गरेको प्रहरीको भनाइ छ ।उनीहरुबाट सट्टेबाजीका लागि प्रयोग गरेको बिभिन्न बैंकको चेक, नगद १ लाख ७७ हजार ५० रुपैयाँ र मोबाइल २ थानसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिनुभयो। उनीहरु विरुद्ध सट्टाबाजी मुद्दा अन्तर्गत बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here