रौतहट १,कार्तिक /
रौतहटको गुजरा नगरपालिका -५ का मुस्लिम मियां धुनिया १५ क्युफिट सालको काठसहित पक्राउ परेका छन्। राष्ट्रिय बनबाट अवैधरूपमा सालको काठ ल्याएर भण्डारण गरेको सूचनाको आधारमा शुक्रबार राति धुनियाको घरमा खानतलासी गर्दा उक्त परिणामको काठ बरामद भएको चोंचा सव–डिभिजन बन कार्यालयका प्रमुख राजेश साहले बताएका छन् । बरामद काठ र आरोपि मुस्लिम मियां धुनिया लाई चोंचा बन कार्यालयको नियन्त्रणमा राखेर थप अनुसंधान भइरहेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताउनुभएको छ ।
बडादशैं र आउन लागेको दिपावली तथा छठपर्वमा बनको सुरक्षार्थ बिशेष सुरक्षा योजना जारीगरेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here