रौतहट,३० असोज
रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार मेची महाकाली बुहारी संयुक्त आवाजले महिला तथा बालिकामा हुने हिंसा बिरुद्ध एक कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न संचारकर्मी ,बुद्धिजीविहरुको उपस्थितमा भएको कार्यक्रममा सबैले आ(आफ्नो विचार राखेका थिए। महिला माथि जघन्य अपराध गर्नेलाई फाँसीको सजाय हुनुपर्नेमा कार्यक्रममा सहभागीहरुले माग गरेका छन् । विभिन्न कारणले समाजमा महिलामाथि हिंसाको घटना हुने गरेकाले यस्ता घटनाका दोषीले उन्मुक्ति पाउने गरेकाले कानुनी प्रावधानमा फाँसीको सजाय हुनु पर्ने समेत उनीहरुले माग गरेका छन् । सो कार्यक्रममा बोल्दै बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवले बन्दाबन्दीको अवधिमा हिंसा र अपराधका घटना बढेकाले समाजमा डर र त्रासको बाताबरण सिर्जना भएको बताउनुभयो । बिशेष गरि बालिका बलत्कारका घटना बढेको प्रति चिन्ता व्यक्त गर्दै सम्मुन्नत समाज निर्माणका लागि संघिय सरकारले उन्मुक्ति नदिई कानुनी प्राबधान र व्यवस्थामा कडा गर्नु पर्ने बताउनुभयो । भेदभाव रहित हिंसा र अपराधमुक्त समाज बनाउन सवैको सहयोग अपिहार्य रहेको उँहाले उल्लेख गर्नुभयो । रौतहटकै एक बालिका बलत्कारका घटनामा मेची महाकाली बुहारी संयुक्त आवाजले गरेको कार्यको प्रशंसा गर्नुभयो । सो कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजका नारायणी अंञ्चल सल्लहकार संयोजक कल्पना पौडेलले महिला तथा बालिका माथि हुने जघन्य अपराधका घटना गाँउमा अझै लेनदेनमा नै मिलाईने गरेको प्रति दुख व्यक्त गर्दै यस्तै विविध कारणले दोषीले उन्मुक्ति पाउने र घटना दोहोरीने गरेको बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै संचारकर्मी संजय कार्कीले महिला मात्र नभई समाजमा पुरुष पनि हिंसामा पर्ने गरेको बताउनुभयो।अधिकार खोज्दा कर्तव्य र दायित्व नभुल्न समेत उँहाले आग्रह गर्नुभयो । रौतहट सयोजक पुजा पाठकको अध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मी शिव पूरी, फणिदेव महत, दिपेश पौडेल, बालविक्रम कार्की, लगायत मेची महाकाली बुहारी संयुक्त आवाजका बारा, सर्लाहीका संयोजक तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।कार्यक्रमको संचालन जयमाला चौधरीले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here