मुकेश कुमार साह/
रौतहट ३०,असोज//
रौतहटको फतुवा विजयपुर नगरपालिकाले शुक्रवार ५४ करोड २० लाख १३ हजार १३ सय १९ रुपैया बराबरको वार्षिक बजेट पारित गर्दै चौथो नगर सभा शुक्रबार सम्पन्न गरेको छ ।
नगर प्रमुख गोपाल राय यादवको अध्यक्षतामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गर्दै नगर सभासम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार गुप्ताले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएको छ ।
यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत गुप्ताले जानकारी दिनुभयो ।
यसैविच नगरसभाले नगर भित्रमा विधुत महसुल निशुल्क गर्ने निर्णय पारित गरेको छ । यस वर्षदेखी सम्पुर्ण नगरवासीको विधुत महसुल नगरपालिकाले नै व्यहोर्ने निर्णय पारित गरिएको मेयर गोपाल यादवले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐनमा आर्थिक वर्षको असार १० गते सबै स्थानीय तहले परिषद् गरी १५ गते बजेट पारित गर्नुपर्ने प्रावधान रहेको छ । तर रौतहटका १८ स्थानीय तहमध्ये चार ओटा नगरपालिकाको नगर परिषद् गर्न सकेको थिएन । नगर परिषद् समयमै गर्न नसक्दा विकास निर्माणका योजनाहरू पनि प्रभावित भएका छन् । नगर प्रमुख र उपप्रमुखबीचको विवादका कारण देवाही गोनाही, राजदेवी, कटहरिया र फतुवा विजयपुर नगरपालिकाको परिषद् हुन सकेको थिएन । शुक्रबार फतुवा विजयपुर नगरपालिकाको नगर सभा सम्पन्न गरेको छ भने कटहरिया नगपालिकाको नगर सभा भने कात्र्तिक ४ गते हुने जनाइएको छ । अझै देवाही गोनाही र राजदेवी नगरपालिकाको नगरसभा अन्यौलमा नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here