रचना काफ्ले /
रौतहट २४,असोज /
अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा आज रौतहटको चन्द्रपुरमा सरकार बिरुद्ध बिरोध प्रदर्शन गरिएको छ ।डाक्टर केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दल चन्द्रपुर नगर समिति र बिपि कोईराला युबा नेतृत्व बिकास मन्च जिल्ला कार्यसमिति रौतहटको संयुक्त आयोजनामा बिभिन्न नारा लेखिएको प्लेकार्डसहित बिरोध प्रदर्शन गरिएको थियो । स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको लागि १९ औं पटक अनसन गरिरहेका डाक्टर केसीले उठाएको शिक्षा क्षेत्रका विभिन्न समस्या र बेतिथिहरुलाई समाधान गर्ने माग राखेर अनसन गरिरहेका डाक्टर केसीको जीवन रक्षाको लागि सरकारले कुनै पहल समेत नगरेको प्रदर्शनकारीहरुले आक्रोस पोखेका छन्। डाक्टर केसीको अनसन प्रष्ट छ मेडिकल माफिया भ्रस्ट छ, भ्रस्टाचार अनियमितता र माफियातन्त्रको अन्त्य गर , हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डाक्टर केसीको साथमा,जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर चन्द्रनिगाहपुरको बिभिन्न भागमा जुलुसले परिक्रमा गरी कोणसभामा परिणत गरेको थियो। अनसन ऐक्यबद्धता जनाउन पुगेका नेपाल तरुण दल चन्द्रपुर नगर समितिका उपसभापति शम्भु थापाले नागरिकको अधिकारको लागि डाक्टर केसीले उठाएको माग समयमै सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो। यदी मागलाई बेवास्ता गरी उँहाको जीबन खतरामा रहे आगामी दिनमा तरुण दलले आन्दोलनको आधिबेरी सृजना गरेर डाक्टर केसीले उठाएको माग सरकार बाट पुरा गराईछाडने चेतावनी समेत उँहाले दिनुभएको छ । सो बिरोध प्रदर्शन कार्यक्रममा विभिन्न बुद्धिजीवी ,भद्रभलादमी संघ संस्थाका व्यक्तिहरुको उपस्थित रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here