रचना काफ्ले /
रौतहट २३, असोज /
रौतहटको चन्द्रपुर-३ नमुना युवा क्लब गैंडाटारका फुटबल खेलाडीहरुलाई जर्सी तथा फुटबल वितरण गरिएको छ। नेपाल खेलकुद क्लबको पहलमा खेलाडीहरुलाई जर्सी तथा फुटबल वितरण गरिएको हो। सो वितरण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समीर), चन्द्रपुर नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष बोदनाथ देवकोटा,सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बाबुराम दाहाल,नेपाल खेलकुद क्लबका अध्यक्ष मधुसूदन धिताल, क्लबका उपाध्यक्ष राजकुमार दर्लामी तथा डिम कुमार दुलाल(विनोद) महासचिव विकास तिमल्सिना,सदस्य राजन बोगटी, स्थानीय खेलप्रेमी व्यक्तित्वहरु लगायत फुटबल खेलाडीअरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here