रचना काफ्ले /
रौतहट २१ ,असोज /
मृतक सन्झा साहको आत्माको चिर शान्ती तथा हत्यारालाई पता लगाउन प्रशासनसंग माग गर्दै रौतहटको विभिन्न ठाउँमा एक कार्यक्रम गरेर दिप प्रज्ज्वलन गरिएको छ।१०० औं यूवा बिद्यार्थीहरुको उपस्थितिमा रौतहटको गरुडा मेथुर चौकमा कार्यक्रम गरेर दिप प्रज्ज्वलन गरिएको हो। रौतहट यूवा पिढि द्वारा बालिकाको आत्मालाई चिरशान्तिको कामना गर्दै दिप प्रज्ज्वलन तथा १ मिनेट मौन धारण गरिएको थियो।सन्झा साहको आत्माको चिर शान्तिको कामना गर्दै हत्यारालाई पता लगाइ कडा भन्दा कडा कारवाही गर्न जनता समाजवादी पार्टी रौतहटले माग गरेको छ। गत असोज ६ गते जिल्लाको बृन्दावन नगरपालिका वडा नं—४ हरैयापल्टुवामा घाँस काटन गएकी एक १६ बर्षीय युवतीको बलात्कार पछि हत्या भएको थियो।बलात्कार पछि हत्या गरिएकी युवतीको हत्यामा संलग्न अझै फक्राउ पर्न सकेका छैनन् । पीडितले अहिले सम्म न्यायको लागि प्रहरी प्रशासन लगाएतका सम्बन्धित निकायमा गुहारिरहेका छन्। गरुडा नगरपालिकाकि उपमेयर रङ्गिला देवी जयसवालले केही दिनयता रौतहटमा हप्ता नबित्दै हत्या हिँसा बढ्दै गएको र खास गरि गरुडा क्षेत्रका दलित ,महिलालाइ अङ्कित गरेर प्रहार तथा हिंसा भएको बताउनुभयो । सन्झा साह लगायत मृतकको हत्यारालाई पता लगाइ कानुनी दायरामा ल्याउन समेत उँहाले जोडदार माग गर्नुभएको छ। यता हत्यारालाई तुरुन्त पक्राउ गरेर कडा कारवाही नगरे न्यायकालागि विभिन्न दवाब मुकल कार्यक्रम चरणबद्ध रुपले गर्ने समेत यूवाहरुले चेतावनी दिएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here