मुकेश कुमार साह/
रौतहट,१२ असोज//
रौतहटमा गएको भदौ १४ गते उखु बारीमा मृत फेला परेकि मिन्त्रा देवीको हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्याको आरोपमा रौतहट प्रहरिले ४ जना अभियुतmलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गढीमाई नगरपालिका वडा नं.३ वस्ने अनवर हुसेनको छोरा वर्ष ४० को जमसैद मियाँ, सफी महम्मद मियाँको छोरा वर्ष ३५ को दाउद मियाँ,कैल भन्ने रफिक मियाँको छोरा वर्ष ३२ को जहरुदिन मियाँ भन्ने हारूण रसिद,सफि महम्मद मियाँको छोरा वर्ष ४० को महम्मद ईसराफुल मियाँ रहेको छ । रौतहटको गढीमाई न.पा. वडा नं. ३ गम्हरिया पर्सा मुसरी टोल वस्ने सकल बैठाको श्रीमती वर्ष ३५ की मिन्त्रा देवी वैठाको सब उखु बारीमा फेला परेको थियो । जग्गाको बिषयमा विवादका कारण योजनाबद्द तरिकाले हत्या गरी उखु बारीमा फालेको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुले अपराध स्वीकार समेत गरी सकेको जिल्ला प्रहिरी कार्यलय रौतहटले जनाएको छ । जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा ७  दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here