रौतहट १२ असोज //
बिश्व रेबिज दिवशको अवसर पारेर चन्द्रपुर नगरपालिका अन्र्तगत पशु सेवा शाखा ले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
सोमवार बिश्व रेबिज दिवशको अवसारमा चन्द्रपुर ५मा रहेको पशु सेवा शाखाको कार्यालय बाट र्यालीको आयोजना गरी चन्द्रपुर चौकमा पुगेर समापन भएको थियो ।


रेबिज अन्त्यको लागी सहकार्य र खोप भन्ने नाराका साथ कार्यक्रम संचालन गरीएको छ ।
पशु सेवा शाखा चन्द्रपुरले सामुदायिक तथा घर पालुवा कुकुर लाइ रेबिज बिरुद्ध को निशुल्क खोप लगाउन समेत आवहान गरीएको पशु सेवा शाखा चन्द्रपुरका प्रमुख खडग कुमार मैनालीले जानकारी दिएका छन ।
आज बाट पशुसेवा शाखाबाट कुकुरहरु लाइ रेबिज बिरुद्धको खोप लगाउन शुरु गरीएको छ ।
र्यालीमा चन्द्रपुर नपाका जनप्रतिनिधीहरु , कर्मचारीहरु , पशु सेवा शाखाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here