मुकेश कुमार साह
रौतहट,११ असोज

३० लाखको लागतमा निर्माण भएको शहरी स्वास्थ्य केन्द्रको नव निर्मित भवनको सांसद देव प्रसाद तिमल्सिनाले उद्घाटन गर्नु भएको छ । रौतहटको चन्द्रपुर—३ गैडाटारमा निर्माण भएको शहरी स्वास्थ्य केन्द्रको आइतबार रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सांसद तिमल्सिनाले उद्घाटन गर्नु हो। भवनको उद्घाटन गर्दै तिम्लसिनाले आम गैडाटारबासीलाई स्वास्थ्य , शिक्षा र सडकको पहुचबाट बञ्चित नहुनेमा बिश्वाश दिलाउनु भएको छ ।

चाडै शहरी स्वास्थ्य केन्द्र गैडाटारको दोस्रो तल्ला भवन निर्माण गर्नका लागी तयारी अबस्थामा भवन निर्माण समिति राख्न समेत तिमल्सिनाले स्थानियलाई आग्रह गर्नु भएको छ । त्यसैगरि चादी नदीमा निर्माणधिन पुल निर्माणमा ढिलाइ गर्ने संकेत आफुले पाएकाले सडक सब डिभिजन कार्यलय चन्द्रनिगाहपुर घेराउ गर्न तयारी रहन समेत सांसद तिमल्सिनाले स्थानियलाई अनुरोध गर्नु भएको छ ।

चन्द्रनिगाहपुरदेखि गैडाटार आउने सडकको क्वाटरदेखि चादी नदी किनारसम्म कालो पत्रे सम्पन्न गरिसकेको र गैडाटारसम्म कालो पत्रे आफैले सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । यस्तै कार्यक्रमका अतिथि प्रदेश सांसद धनलाल थोकरले गैडाटारमा स्वास्थ्य शिक्षा र रोजगारीमुलक कार्यक्रमहरु संघिय सांसद र प्रदेश सांसदको समन्वयमा निरन्तर लागी परिरहने बताउनु भएको छ ।
हरि प्रसाद आचार्यको अध्यक्षमा रहेको ७ सदस्यीय शहरी स्वास्थ्य केन्द्र भवन निर्माण समितिको जिम्मामा निर्माण भएको भवन उद्घाटन गरि स्वास्थ्य सेवा सञ्चालन समेत सोही भवनबाट आउने भएको छ । संसदीय बिकास कोषको ३० लाख लागतमा सो भवन निर्माण भएको हो ।

कार्यक्रममा चन्द्रपुर नगरपालिका कार्यपालिका सदस्य सरस्वती खुलाल, समाजसेवि राजु धामी , नेपाली काग्रेस महासमिति सदस्य मुकेश गिरि , निलहरि कोइराला, संजय कार्की , जनज्योती बहुमुखि क्याम्पस नेवि संघ सभापति संगम श्रेष्ठ , लगायत राजकुमार राइ , सन्त बहादुर पाख्रिन स्थानिय समाजसेवि तथा अगुवाहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here