धनुषा १०,असोज /
बलात्कृत किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिनेलाई प्रहरीले पक्राउ गरेकाे छ । पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको र नमिले ज्यान मार्ने धम्की दिने सत्यनरायण यादवलाई प्रहरीले पक्राउ गरेको हो। यादवलाई शनिबार बिहान पक्राउ गरि अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभएको छ।सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया दलित किशोरीकाे सामूहिक बलात्कारमा संलग्न धनुषाधाम नगरपालिका–२ धर्मपुरका श्यामसुन्दर यादवलाई बचाउन उनका बुबा यादवले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर कारबाही प्रक्रिया अगाडि नबढाउन धम्की दिएका थिए ।बलात्कार आरोपमा प्रहरीको खोजी सूचीमा रहेका छोरालाई बचाउन बलात्कृत किशोरी र उनका बुबा आमालाई गाउँ नजिकैको विद्यालयमा बोलाएर पैसा दिएर घटना मिलाउन दबाब दिने यादवलार्ई पक्राउ गरी इलाका प्रहरी कार्यालय धनुषाधाममा राखेर अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।धनुषाधाम नौसयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४–१५ जना युवाले घेराउ गरे किशोरीसँगै रहेका दुई युवालाई कुटपिट गर्दै सडकमा बन्धक बनाएर किशोरीलाई करिब ३ किलोमिटर पर धान खेतमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मद्धा चलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here