रौतहट ३१ भदौ //रौतहटमा टोकन प्रणालीबाट सेवा प्रदान गरिने भएको छ। रौतहटका स्थानिय तहगत रुपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म टोकन प्रणालीको आधारमा सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले एक सुचना जारी गरेर जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा निर्धारित स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर अर्को आदेश नभएसम्मको लागि यो नियम लागु गरिएको बताइएको छ।

आइतबार गौर ,राजदेवी र माधवनारायण नगरपालिकामा सेवा प्रदान गरिने ,सोमबार राजपुर ,परोहा नगरपालिकामा त्यसैगरी मंगलवार इशनाथ ,र यमुनामाइ गाउंपालिकामा ,बुधबार देवाही गोनाही ,बिहिबार मौलापुर र कटहरिया ,र शुक्रबार फतुवाविजयपुर र बौधीमाइ नगरपालिकामा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबै सेवा दिइने बताइएको छ। बाकि सबै स्थानिय तहहरुमा आइतबार देखि शुक्रबार सम्म नियमित सेवा प्रवाह हुनेछ।#फोटो //गुगल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here