सर्लाही ३१,भदौ /
भारतबाट नेपालतर्फ ल्याईँदै गरेका राँगा मधुवनगोठको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।भारतीय सिमा स्थित प्रहरी चौकी मधुवनगोठबाट खटिएको प्रहरीको टोलीले गोडैता नगरपालिका–३ सिमरा भगवतीपुर बाट ११ वटा राँगा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार भन्सार छली गरेर ल्याईएको राँगाको ५५ हजार मुल्यांकन सहित आवश्यक कारबाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । राँगा ल्याउने व्यक्तिहरुको बारेमा भने प्रहरीले केही बताएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here