रौतहट ३१ ,भदौ /
बुधबार बिहानै सिन्धुपाल्चोकलाइ केन्द्र बिन्दु बनाएर ठूलो भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो। उँहाले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बताउनुभयो। भूकम्पको धक्का रौतहट लगाएत विभिन्न जिल्लामा महशुस भएको थियो। अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का चन्द्रनिगाहपुर सहितका स्थानमा महशुस गरिएको थियो । भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रमा हल्लीखल्ली मच्चिएको थियो ।क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन ।गोरखा केन्द्र भएर २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो। केन्द्रका प्रमुख अधिकारीका अनुसार बुधबार बिहानै गएको भूकम्पसमेत त्यही शक्तिशाली भूकम्पको परकम्प हो। २०७२ को भूकम्पले गोरखा र सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here