बारा ३१ ,भदौ /
बारामा २ केजी लागूऔषध अफिमसहित एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा पचरौता नगरपालिका–६ पकडी बस्ने ६० वर्षीय सहजमान मिया अन्सारी रहेको प्रहरीले बताएको छ। भारतिय सिमानासँग टाँसिएको वडा नम्वर ४ ईनर्वास्थित पिलर नम्वर ३६६÷६ स्थित दशगाजा क्षेत्रमा अन्सारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक रोविनराज कर्णजितले जानकारी दिनुभयो ।विशेष सुराकीको आधारमा अन्सारीमाथि शंका लागेपछि चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा उनिसँग रहेको लागूऔषध अफिमको एक–एक केजीको दुईवटा पोका बरामद गरिएको उपरिक्षक कर्णजितले बताउनुभयो । पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका लागि पठाउने तयारी भइरहेको उहाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here