बारा ३१,भदौ /
बाराबाट ४ जना जुवाडेसहित होटल सञ्चालकलाइ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निजगढ, बाराले ४ जना जुवाडेसहित होटल सञ्चालकलाइ गएराती पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका वडा नम्बर ७ का ४७ वर्षिय टोकल भनिने जीतसिंह लामा, सोही नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय हरि ढुंगाना, सोहि वडाका ४६ वर्षिय होम बहादुर खड्का, पर्सा ठोरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल निजगढ नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका ४७ वर्षिय शिव अधिकारी र सोही वडाका होटल सञ्चालक रमेश पौडेल छन् ।उनीहरु पेशेवर जुवाडे रहेको प्रहरीले बताएको छ । उनीहरुका साथबाट ५३ हजार नगद रकमसहित ३ बुक तास समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक विकास थपलियाले जानकारी दिनुभयो। पक्राउ परेका मध्ये जीतसिंह लामा राष्ट्रिय खेलकुद परिषदका , बारा जिल्ला तेक्वान्दो प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्री समेत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here