सप्तरी ३१,भदौ /
गाउँमै बसेर पञ्चहरुले घटना मिलाउन दबाब दिएर प्रहरी भेट्न नदिएपछि जबरजस्ती करणी सम्बन्धी कसूरकी पीडितले सप्तरीमा आत्महत्या गरेकी छन् । सप्तरीको डाक्नेश्वरि नगरपालिका–७ की १७ वर्षीया किशोरीले मंगलबार आत्महत्या गरेकी हुन् ।प्रहरीले किशोरीको मृत्यु भएपछि मात्र घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले बताउनुभयो। लगत्तै घटनाबारे अनुसन्धान थालिएको उँहाको भनाइ छ ।शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर पोष्टमार्टम गरिने उँहाले बताउनुभयो।
प्रहरीका अनुसार सोमबार बिहान ९ बजे धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको थियो ।
पीडितकी आमालाई उदृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएअनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् ।हाल प्रहरीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको छ ।पञ्चहरुले आरोपीबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गराएको भनिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको रहेको एसपी धमलाले बताउनुभयो ।अभियुक्तको पनि खोजतलास जारी राखिएको उँहाले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here