रौतहट ३१ भदौ । रौतहट र सर्लाही जिल्लालाइ जोड्ने बाटो गढीमाइ नपामा निमार्ण भैरहेको छ ।
गढिमाई नगरपालिकाको पहलमा सर्लाहीको धनकौल गाउँपालिका र रौतहटको गढिमाई नगरपालिकाबीच वैकल्पिक बाटोको निर्माण हुन थालेको हो /
बागमती मा पुल निर्माण भएको करिब एक वर्ष बितिसकेको भए पनि दायावाया बाटो नहुदा आवतजावतमा समस्या रहेको थियो ।
बागमती नदीभन्दा पूर्व सर्लाही जिल्लाको पुल निर्माण भएको ठाउँदेखि रौतहटको भु भाग रहेकाले गढिमाई नगरपालिकाले नै पुलभन्दा पूर्व पनि सडकको निर्माण गरीरहेको छ ।
पलको पूर्वतिर बाटोको अभावमा साइकल र मोटरसाइकल लगाउतका सवारी साधन आवतजावत गर्न पनि निकै कठिन रहेको थियो ।


दुवै जिल्लाका मानिसलाइ आवतजावतमा सहज होस भन्ने उदेश्यले पुलको पुर्व तर्फ बाटो निमार्ण गरीएको गढीमाइ नपाका नगरप्रमुख श्यामप्रसाद यादवले बताएका छन
बाटो निर्माणमा सर्लाहीको धनकौल गाउपालिका संग समन्वय गरेर बाटो निमार्ण थालिएको छ ।
बाटो निर्माणमा करिब एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान रहेको गढिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here