सर्लाही ३१,भदौ /
अविरल वर्षाका कारण सर्लाहीको हरिपूर्वा नगरपालिका–४, डुमरियामा मंगलबार दुई वटा घर भत्किएका छन् ।ज्याला मजदुरी गरेर पेट पाल्ने स्थानीय लखिन्द्र ठाकुर हजाम र रामएकवाल महराको निरन्तर परिरहेको वर्षाको पानीले घर भत्किएको हो । लखिन्द्र ठाकुर हजामको बाँसको टाटी र खपडाले छाएको दुई कोठाको घर भत्किँदा एउटा बाख्रा मरेको छ भने लत्ता कपडा, अन्नपात लगायत गरी १ लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । घर भत्किएपछि ६ जनाको परिवार अहिले खुल्ला अकाशमुनि बस्न बाध्य भएका छन् ।
त्यसैगरी राम एकवाल महराको बाँसको टाटीको बेरा र खरले छाएको घर भत्किँदा एक लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट सुकनाहले जनाएको छ । महराको सात जनाको परिवार भने छिमेकीको घरमा शरण लिएर बसिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here