रौतहट २४ भदौ //रौतहटको चन्द्रपुर ४ टेकानटोल स्थित विपि वन वाटिकामा बृक्षारोपण कार्यक्रम गरिएको छ ।
वि.पि कोईरालाको १०७ औं जयन्तीको अवसरमा बृक्षारोपण गरिएको हो । विपि कोईराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्य समितिको आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातीका ५ सय बिरुवा रोपिएको छ ।
सो कार्याक्रममा प्रमुख अतिथि रौतहट क्षेत्र नम्बर ४ का सांसद देव प्रसाद तिमल्सिना, बिशिष्ट अतिथि प्रदेश सभा सदस्य धनलाल ठोकर,चन्द्रपुर नगरपालिकाका प्रमुख मेयर रामचन्द्र चौधरी,बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादव लगायत काग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको विपि कोईराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्य समिति रौतहटका अध्यक्ष अधिकार लामिछानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here