रौतहट २१ भदौ //फतुवा बिजयपुर नगरपालिका नेपाली कांग्रेस नगर कमिटिको बैठकले इलाका स्तरीय सरकारी कार्यालय स्थापना गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय गौरमा
ज्ञापन पत्र बुझाएको छ ।
नेपाली काग्रेस नगर कमिटीका सभापति बाबुराम अधिकारिको
अध्यक्षता तथा नगर प्रमुख गोपाल यादवको बिशेष उपस्थितिमा बसेको उक्त
बैठकले नगरपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी
कार्यालय, बिधुत कार्याल २५ शैयाको अस्पतालको माग गरेको छ ।
फतुवा बिजयपुर नगरपालिकाको ११ नं वार्ड का नगरबासी चन्द्रपुरमा , ७ र १०
नं वार्ड का नगरबासी गौर र केहि नगरबासिले मौलापुर सेवा केन्द्रबाट सेवा
लिनु पर्ने बाध्यता रहेको छ ।
हरेक स्थानिय तहमा सरकारी कार्यालय संचालन गर्ने नीतिगत ब्यवस्था भए पनि सो
ब्यवस्था कार्यान्वन हुन नसक्दा नगरबासीले सेवा लिन सास्ती खेप्दै आएका छन ।नागरीकले सहजरुपमा सेवा पाउनका लागी यस्तो निर्णय गर्नु परेको नेपाली कांग्रेस जिल्ला  सदस्य ज्ञानेन्द्र यादवले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here