रौतहट १९ भदौ //
हिरासतमा रहेका बिजय रामको मृत्यूको छानविनको माग गर्दै अनसनमा बसेका पुर्वमन्त्रि विशेन्द्र पासवानलाइ उपचारको लागी धरान लगिएको छ ।
पासवानको स्वास्थ्यमा खराबी आएपछि बिहीबार मध्यराति प्रहरीले पूर्वमन्त्री पासवानलाइ एम्बुलेन्समा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान लगिएको हो ।
पासवान केही दिन अघि देखी इलाका प्रहरी कार्यालय अगाडी अनसनमा बसेका थिए । उनको स्वास्थ्यअवस्था बिग्रदै गएपछि उपचारको लागी धरान लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अपहरण शैलीमा मोवाइल फोन नियन्त्रणमा लिएर धरान पुर्याएको पूर्वमन्त्री पासवानका स्वकीय सचिव रोशन पासवानले आरोप लगाएका छन ।
विजय रामको मृत्युको विरोधमा बिहीवार साझ गरुडामा झडप समेत भएको थियो । झडपमा ६ जना भन्दा बढी घाइते भएका छन । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा चारजना प्रहरी र दुई प्रदर्शनकारी महिला घाइते भएका थिए ।
प्रर्दशनमा रहेकाहरुले प्रहरी कार्यालयमा ढुंगा र लाठीले हानेपछि हानेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । आधादर्जन भन्दाबढी अश्रुग्यास प्रहार गरेको थियो ।
मृत्यूको छानविनको माग गर्दै संघर्ष समितीले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here