रौतहट १२,भदौ /
बितेको डेढ महिनामा रौतहट प्रहरीले डेढ करोड भन्दा बढी मूल्य बराबरको सामान बरामद गरेको छ। चालु आर्थिक वर्ष २०७७÷०७८ को शुरूको डेढ महीनामा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर हेडक्वाटर गण रौतहटले उक्त समान बरामद गरेको हो। ११ नम्बर गण हेडक्वाटरले सार्वजनिक गरेको भाद्र ११ गते सम्मको कार्य प्रगति विबरण १ करोड़ ५३ लाख ३७ हजार ११० रुपैया बरावर सामान बरामद गरेको जनाइएको छ। बरामद भएको सामानहरुमा अवैध रकम ३६ लाख ४७ हजार ६९० रुपैया , अवैध काठ ५७ क्यूव फिट ,ट्रक २ तथा मोटर साइकल १४ गरी १६ बटा सवारी साधन ,७ वटा गाई र ८ वटा भैसी को साथै १८ जना व्यक्ति लाइ पक्राउ गरी कार्यवाहीको लागि सम्वन्धित निकायको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेनले बताउनुभयो।