रचना काफ्ले /
रौतहट११,भदौ /
बारामा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहको बौधिमाई नगरपालिका ईनरवारीका ३५ वर्षीय सुरेशचन्द्र पटेल रहेको प्रहरीले बताएको छ। बिहान ९ बजेको समयमा रौतहटबाट कलैयातर्फ गइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल महागढीमाई नगरपालिका– २ भूतहीपुल नजिकै आफैँ पल्टिन जाँदा चालक पटेल गम्भीर घाइते भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । गम्भीर घाइते उनलाई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा बाटोमानै उनको मृत्यु भएको बताइएको छ । मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here